पथरी शनिश्चरे । मोरङ पथरी शनिश्चरे नेकपा(माओवादी केन्द्र) नगर कमिटी र नगर संसदिय दलले पथरी शनिश्चरे नगरलाई शुक्रबार ज्ञापन पत्र बुझाएको छ । आर्थिक बर्ष ०७८/७९ को निति तथा कार्यक्रम अन्तर्गत रहेर आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास लगायतका क्षेत्रमा बजेट विनियोजनको कार्यक्रम प्रभावकारी, व्यवस्थित तवरले परिचालन गर्नका लागि सुझावहरु पेश गरिएका हुन ।
आर्थिक विकास अन्तर्गत कृषिमा लगानी वृद्धि गर्न, साना तथा घरेलु उद्योग संचालन प्रोत्साहीत गर्न, सहुलीयत दरमा ऋण उपलब्ध गराउन माग गरेका हुन् । कमिटीले सामाजिक विकासमा रहेर वैदेशिक रोजगारबाट फर्किएहरुका लागि क्षमता विकासको योजना बनाउने, शिक्षण संस्थाहरुमा प्रविधीको व्यवस्था, नगर अस्पताललाई स्तरोन्नति गर्नुपर्ने, सरकारले निःशुल्क दिर्घरोग औषधी प्रदान गरिनुपर्ने, लागुऔषध दुव्यर्सनी रोक्न सचेतना कार्यक्रम, खानेपानीको सहज व्यवस्थापन, सडक निर्माण, सडक स्तरोन्नति, पैनी निर्माण लगायतका कार्यहरुमा बजेट विनियोजन गरिनुपर्ने सुभावहरु प्रस्तुत गरेका थिए ।
सो सुझाव पत्रमा अध्यक्ष चेतन दाहाल, संसदिय दलका नेता गोबिन्द भण्डारीले हस्ताक्षर गरेका थिए । सो कार्यक्रम कमिटीका पदाधिकारी, पार्टि कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।