पथरी शनिश्चरे ४ मा जनचेतनामुलक बोर्ड स्थापना - Pahilo Online

पथरी शनिश्चरे ४ मा जनचेतनामुलक बोर्ड स्थापना

writer

पथरी शनिश्चरे । पथरी शनिश्चरे ४ मा जातिय छुवाछुत तथा भेदभाव अपराध हो भन्ने सचेतना जगाउने खालका जनचेतनामुलक होडिङ बोर्ड स्थापना गरिएको छ ।
वडा नं. ४ का विभिन्न १० ठाउँमा सो बोर्ड स्थापना गरिएको दलित सेवा संघ ४ नं. का अध्यक्ष विशाल बर्देवाले बताए । उनले सो बोर्डहरु ४ नं. वडा कार्यालय अगाडि, बुद्ध मावि सोमबारे, कुशल बजार क्षेत्रमा, शिरीरे डाँडा सरस्वती आधारभूत विद्यालय अगाडि, पिङडाँडा चोक (शनिश्चरे), पाभिभारा टोल, बकैँना डाँडा मंगलबारे, किर्तिपुर चोक, सम्झना चोक र जनकल्याण विद्यालय अगाडि स्थापना गरेको जानकारी दिए ।

लामो समयदेखि दलित समुदायलाई विभेद गरिदैँ आइएको छ । कानुनबाट विभेद गर्नेलाई कानुनी कारबाहि गरिने भनेर निति बनाएपनि व्यवहारिक तरिकाले विभेद नहटेको स्पष्ट रुपमा देख्न सकिने बताए । सो कुराहरुलाई व्यवहारबाट पनि चाडैँ हटाउने उद्धेश्यका साथ यस कार्यक्रमको संचालन गरेका बताए ।वडा अध्यक्ष गोविन्द भण्डारीले भने ‘जातिय विभेद समाजलाई नकरात्मक तर्फ डोहो¥याउने कुरुती हो, यसलाई निमुल पार्नका लागि हामी सबै एकजुट भएर लाग्नुपर्छ’ । सो बोर्डमा जातिय घमण्डी नबनौँ, मानव हौं मानवसँग मानवताको व्यवहार गरौँ, जातिय छुवाछुत तथा भेदभाव अन्त्य गरौँ लगायतका जनचेतनामुलक नारा प्रस्तुत भएका छन् । कार्यक्रम दौरानमा वडाका प्रतिनिधीहरु, समितीका पदाधिकारी, दलित अभियान्ता एवम् समाजसेवि राजकुमार विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes