प्रदेश १ को विभिन्न स्थानमा करेन्ट लागेर ४ जनाको मृत्यु - Pahilo Online

प्रदेश १ को विभिन्न स्थानमा करेन्ट लागेर ४ जनाको मृत्यु

writer

झापाको छुट्टा छुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भएकी उनको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याउदा मृत्यु भईसकेको थियो ।

त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाऊपालिका ७ लालधोन्द्रा स्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जा मोरङ बेलबारी नगरपालिका ४ का १४ बर्षीय सन्देश धिमालको सोही मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लैजानै क्रममा बाटैमा मृत्यु भएको छ । घटना भएको दुवै स्थानमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

त्यसैगरी सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका ८ स्थित सेतोमाने भन्ने स्थानमा व्ऋद्य क्रेन बोकेर सोलुखुम्बुबाट पोखरा जादै गरेको ग१क ५१७३ नम्बरको ट्रकमा रोडमाथी टागिएको बिद्युतको मेन तारमा व्ऋद्य ले छुईन गई करेन्ट लाग्दा २ जनाको घटनास्थलमानै मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक बाग्लुङ बडीगंगा गाऊपालिका ५ का २६ बर्षीय भुमिराज मरासैनी र सोही ट्रकमा सवार व्ऋद्य चालक स्याङजा का २३ बर्षीय राम परीयार रहेका छन् ।

घाईतेहरुमा ट्रकका सहचालक बाग्लुङ मालिटा गाऊपालिका ८ का १९ बर्षीय बसन्त पौडेल र राम परियारको श्रीमती २० बर्षीया लिला परियार रहेका छन् । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रनाउको कमाण्डमा र प्रहरी चौकी पतालेबाट प्रहरी टोली खटि गई घाईतेहरुलाई उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes