कानेपोखरी । मोरङ्को कानेपोखरीका मृगौला पिडित रमेश कुमार थारुको उपचारार्थ आर्थिक सहयोग जुट्न थालेको छ । कानेपोखरी ५ भौसाबारीका २९ बर्षिय मृगौला पिडित थारुको थप उपचारका लागि स्थानिय युवाहरुको पहलमा रमेश बचाउ अभियान मार्फत देश विदेशबाट आर्थिक संकलन भएको हो ।
स्थानिय भौसाबारी युवा परिवारको सकृयतामा रमेश बचाउ अभियान मार्फत ५२ हजार ७ सय १५ रुपैयाँ, स्थानिय मिलन अधिकारी मार्फत प्रेम अधिकारीले क्यानाडाबाट १० हजार र महेशमणि भट्टराईले क्यानाडाबाट ५ हजार, कतारबाट पुष्षलाल अधिकारी र तिर्थराज अधिकारी मार्फत ३२ हजार ७ सय २१ र निरज चौधरीले स्थानियहरुबाट संकलन गरेको १ हजार १ सय ७५ रुपैयाँ गरि जम्मा १ लाख १ हजार ६ सय ११ रुपैया अर्थिक सहयोग संकलन भएको हो ।
रमेशको थप उपचारका लागि विभिन्न माध्यमबाट संकलित रकम उनको परिवारलाई बिहिबार हस्तान्तरण गरिएको रमेश बचाउ अभियनाका एक जना अभियान्ता बालकृष्ण संगौलाले बताए । संकलित रकमबाट छोराको थप उपचारमा टेवा पुग्ने भन्दै थप आर्थिक सहयोगका लागि सम्पुर्ण सहयोगी मनहरुलाइ रमेशका बुवाले अपिल समेत गरेका छन ।
थारुलाइ आर्थिक सहयोग गर्न चाहने सहयोगी हातहरुका लागि NIC ASIA D 302015696152401 खाता नं मा आर्थिक सहयोग गरि दिन अनुरोध गरिएको छ । मृगौला पिडित थारुको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्दै केहि दिन अगाडि स्थानिय संचारमाध्यमहरुले समाचार प्रकाशन, प्रशारण गरेका थिए ।