पथरी शनिश्चरे ४ को बजेट तर्जुमा नीति तथा कार्यक्रमबारे छलफल - Pahilo Online

पथरी शनिश्चरे ४ को बजेट तर्जुमा नीति तथा कार्यक्रमबारे छलफल

writer

पथरी शनिश्चरे । आर्थिक बर्ष २०७८/०७९ मा पथरी शनिश्चरे वडा नं. ४ मा लागु हुने बजेटबारे आज बिहिबार विभिन्न क्षेत्रका व्यक्तिहरु बिच बजेट तर्जुमा नीति तथा कार्यक्रमबारे छलफल गरिएको छ । वडाले आगामी बजेट कुन–कुन क्षेत्रमा आवश्यक छ, चुनौती, समस्या र संभावनाबारे वडाका बुद्धिजीवी, राजनीतिज्ञ, विभिन्न पार्टीका प्रतिनिधिहरु, शिक्षकहरु, वडाका विभिन्न कार्यक्रम शाखा संयोजकहरु लगायतसँग छ्लफल गरेको हो ।

सो कार्यक्रममा उपस्थितहरुले आफ्नो क्षेत्रमा रहेको समस्याहरु, जनताका गुनासो, आगामी दिनको बजेटलाई कुन तवरले सर्वपक्षीय गर्न सकिन्छ भनेर वडालाई सुझाव दिएका थिए । आफ्नो कुरा राख्ने वक्ताहरुले अहिलेको समयमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा वडाको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएका थिए । साथै उनिहरुले शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी व्यवस्थापन, योग कार्यक्रम, विशेष गरि महिलाहरूका लागि आत्मरक्षाको तालिम, पुल निर्माण, बाटो स्तरोन्नति गर्ने लगायतका थुप्रै योजनाहरु अघि सारेका थिए ।

ती योजनाहरुको टिपोट गर्दै वडाअध्यक्ष गोबिन्द भण्डारीले सो कुराहरुलाई योजनामा समेट्ने बताए । साथै अझै केही योजनाहरु थपघट गर्नुपरेमा सबैसँग बसेर अझै केहि दिनसम्म सरसल्लाह गरेर मात्र अन्तिम निर्णय गर्ने जानकारी दिए । अन्त्यमा उनले आगामी योजनाहरुलाई चुस्तदुरुस्तका साथ सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes