जिल्ला अस्पताल संखुवासभालाई वेलफेयर ट्रष्टबाट स्वास्थ्य सामग्री सहयोग - Pahilo Online

जिल्ला अस्पताल संखुवासभालाई वेलफेयर ट्रष्टबाट स्वास्थ्य सामग्री सहयोग

writer

संखुवासभा । संखुवासभा जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्राप्त भएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालले करिब साढे १५ लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गोर्खा वेलफेयर ट्रष्टले संखुवासभा अस्पताललाई १५ लाख ४२ हजार रुपैयाँको स्वास्थ्य सामग्री सहयोग गरेको जिल्ला समन्वय समितीका प्रमुख तथा अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष सुमन शाक्यले जानकारी दिए।

कोभिड–१९ को दोस्रो लहरको महामारीले संखुवासभाका नागरिकलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग प्रदान गरिएको गोर्खा वेल्फेयर सेन्टर धरानका प्रमुख पूर्णप्रसाद लिम्वुले बताए। कोरोना संक्रमितको उपचार तथा रोकथामका लागि ५ थान अक्सिजन कन्सनथेटर, पल्स अक्सोमिटर ३० थान, पिपिई ३ सय पिस, सर्जिकल मास्क पिस, सेनिटाइजर, एन ९५ मास्क, ग्लोब्स लगायतका सामग्री सहयोग गरेको प्रमुख लिम्वुले जानकारी दिए।

कोरोनाको महामारी र संटकमा ट्रष्टले उपलब्ध गराएको विभिन्न स्वास्थ्य सामग्रीले कोरोना संक्रमितको उपचार गर्ने जिल्ला अस्पताललाई सहज हुने जिल्ला अस्पताल निमित्त प्रमुख सुन्दरश्याम झाले बताए। ट्रष्टले प्रदान गरेका ५ थान अक्सिजन कन्सनथेटर सहितका सामग्री आइसोलेसन सेन्टरहरुमा प्रयोग गरिने उनले बताए। (थाहखबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes