पथरीशनिश्चरे नगरमा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी - Pahilo Online

पथरीशनिश्चरे नगरमा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरले जेठ २६ देखि २९ गतेसम्म ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकका लागि कोरोना भाइरस विरुद्धको ‘भेरोसिल’ खोप लगाउने भएको छ । नगरको सामाजिक विकास समितिको आजको बैठकले संघीय सरकारको योजना अनुरुपको खोपको कार्यक्रम सञ्चालन गर्ने बारेमा छलफल गरी सो निर्णय गरेको समितिका सदस्य सचिव मुरारी आचार्यले जानकारी दिए ।

समितिका संयोजक कपिलमणि ढकालको अध्यक्षताको बैठकमा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल सहितको उपस्थिती रहेको थियो । बैठकमा, खोपको प्राविधिक पक्षका बारेमा स्वास्थ्यकर्मी जगत मगरले प्रष्ट्याएका थिए ।


खोप कार्यक्रमका लागि पथरी नगर अस्पतालबाट वडा नम्बर १ को २६ गते, २ को २७ गते, ३ को २८ गते र ७ को २९ गते खोप लगाइने छ । शनिश्चरे स्वास्थ्य चौकीबाट २६ गते वडा नम्बर ४ को, २७ गते ८ को, २८ गते ९ को र २९ गते १० को सो उमेर समूहका लागि खोप लगाइने छ । हसन्दह स्वास्थ्य चौकीबाट २६ गते वडा नम्बर ५ को र २७ गते ६ को खोप लगाइने तालिका बनाइएको छ ।

खोप लगाउन आउनेले नागरिकता प्रमाणपत्र वा मतदाता परिचयपत्र ल्याउनु पर्ने छ । यदि ती दुवै कागजात तत्काल उपलब्ध हुने अवस्था नभएमा वडा समितिको सिफारिस अनिवार्य आवश्यक रहने निर्णय भएको छ । सिकिस्त विरामी परेका, ७ दिनभित्रको सुत्केरी, गर्भवती, कोरोना नेगेटिभ आएको १ महिना नभएको व्यक्ति, कोरोना संक्रमित भएको र प्लाज्मा थेरापी लिएको ३ महिना नभएको व्यक्तिले खोप लगाउन नमिल्ने स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । पहिलो मात्रा ‘कोभिसिल्ड’ खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठहरुका लागि दोस्रो मात्राको खोपको पनि प्रवन्ध हुँदै गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes