निषेधाज्ञाको मारमा पर्नेलाई फुड बैंक सञ्चालन - Pahilo Online

निषेधाज्ञाको मारमा पर्नेलाई फुड बैंक सञ्चालन

writer

मोरङ । नयाँ भेरियन्टको कोरोना भाइरसका कारण निषेधाज्ञा भएपछि ज्यालादारी गरी खाने वर्गका मानिसलाई दुई छाक टार्न पनि मुस्किल छ । सबै क्षेत्र बन्द भएपछि ज्यालादारी गरी खानेहरुलाई समस्या भएको छ । त्यहि समस्यामा राहत पर्याउन विराटनगरमा फुड बैंक सञ्चालनमा आएको छ ।

खानाको बन्दोबस्त गर्न सामाजिक अभियान्ताहरूले सहयोग गर्दै आइहरेका छन्। लामो निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवार समस्यामा परेका बेला विराटनगरमा फुड बैंक सञ्चालनमा आएको छ । शिखर अर्गनाइजेसनले विराटनगर महानगरपालिका–५ बरगाछीमा सञ्चालन गरेको फुड बैंकबाट निषेधाज्ञा प्रभावित विपन्न परिवारले राहत पाएका छन् । अघिल्लो वर्षको लकडाउनको समयमा स्थानीय सरकार र विभिन्न संघसंस्थाले राहत वितरण गरे पनि यसपटकको निषेधाज्ञामा कसैले राहत वितरण गरेका छैनन्। जसले गर्दा विपन्न परिवारलाई दैनिक गुजारामा समस्या भइहरेको बेला फुड बैंकमार्फत सहयोग थालिएको हो ।

शिखर अर्गनाइजेसन अन्तर्गतको नटराज एग्रो प्रालिका म्यानेजर सीताराम गर्तौलाका अनुसार ‘हुनेले दिने, नहुनेले लिएर जाने’ नारा दिएर अभियानका रुपमा फुड बैंक सञ्चालन गरिएको छ । दैनिक २ सय जनालाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यका साथ फुड बैंकको स्थापना गरिएको बर्तौलाको भनाइ छ । ७ दिनसम्म सञ्चालन हुने कार्यक्रममा एक जनाले दुई किलो चामल, आधा किलो दाल र एक किलो नुन पाउनेछन् । न्यून आर्थिक अवस्थाले गर्दा पीडामा परेको वर्गलाई लक्षित गरेर सञ्चालन गरिएको फुड बैंकमा लाइन लागेको छ ।

शिखर अर्गनाइजेसन अन्तर्गतका नटराज एग्रो प्रालि, तुलसी बहुमुखी सहकारी संस्था, गोर्खा टी एण्ड कफी, तुुलसी इण्डस्ट्रिज प्रालि र शिव शिखर एग्रो प्रालिले फुड बैंक स्थापना गरेका हुन् । अर्गनाइजेसनका जनसम्पर्क अधिकृत राम लिम्बूका अनुसार सहयोग मिलेको खण्डमा अभियानलाई निरन्तरता दिने योजना छ। मोरङमा निषेधाज्ञा लगाइएको एक महिनाभन्दा धेरै भइसकेको छ। यो बेला सबै क्षेत्र ठप्प रहेकोले दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्नेहरू समस्यामा छन्। उनीहरूलाई दैनिक बिहान ७ देखि १० बजेसम्म फुड बैंकबाट खाद्यन्न प्रदान गरिनेछ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes