रमाइलो जेसिजद्वारा विश्व वातारण दिवसको अवसरमा वृक्षरोपण - Pahilo Online

रमाइलो जेसिजद्वारा विश्व वातारण दिवसको अवसरमा वृक्षरोपण

writer

कानेपोखरी । विश्व वातावरण दिवस, प्राकृतिक पुनः स्थापना’ भन्ने मुल नाराका साथ मनाइयो । कोभिड १९ का कारण विगतमा झैँ तामझामका साथ कार्यक्रम नभएपनि वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले वातावरण संरक्षणका उपलब्धिका विषयमा विज्ञ र सरोकारवालासँग भर्चुअल माध्यमबाट छलफल गरेको छ ।

स्थानिय स्तरमा कुनैपनी कार्यक्रम सञ्चालन नभएको बेला मोरङ कानेपोखरी गाउँपालिका स्थित रमाइलो जेसिजले आफ्नो लामो समयदेखिको परम्परालाई कायमै राख्दै शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। भौतिक दुरि कायम गर्दै जेसिजले कानेपोखरी वार्ड नं. ०२ कार्यालय परिसरमा अशोक, धुपी लगायतका बिरुवा रोप्दै यस दिवसलाई मनाएको हो। सो कार्यक्रम बोल्दै जेसिजका अध्यक्ष भानु फुयलले “वातावरण र मानिस बिच हाड र छालाको जस्तै सम्बन्ध छ । यदि वातावरण नहुने हो, भने मानव जातिको अस्तित्व छैन । ’’ भने, त्यसकारण दिनहुुँ वनजङ्गल तथा वातावरण विनास र प्रदुषण भइरहेको समयमा यसलाई जोगाउने हामी सबैको कर्तव्य हो भन्ने सचेतना जगाउने उद्देश्यका साथ कार्यक्रम संचालन गरेको बताए ।

त्यस्तै, महासचिव बिवेक लिम्बुले मानव जातीकै कारण दिनदिनै वातावरणमा ह्रास आउँने थालेको र अब संरक्षणका लागि विश्वभरका मानिस एक भएर जुट्नुपर्ने आवश्यकता रहेको जानकारी दिए । सो कार्यक्रमको संयोजन जेसि अनिल कार्कीले र संचालन महासचिव जेसि बिवेक लिम्बुले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथ्यता वार्ड नं. २ का अध्यक्ष सुशील बुढाथोकी रहेका थियो भने अतिथिमा समाजसेवी छत्र निरौला रहेका थिए । संस्थापक अध्यक्ष जेसि हिमप्रसाद तिम्सिना, सम्पूर्ण जेसिज पदाधिकारीहरुको लगायत सो कार्यक्रममा ३० जनाको उपस्थिति रहेको थियो । त्यस कार्यक्रममा आस्था वाचन जेसि मनोज अधिकारीले गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes