कानेपोखरीद्धारा ऐलानी जग्गा नापी कार्यको सुरुवात - Pahilo Online

कानेपोखरीद्धारा ऐलानी जग्गा नापी कार्यको सुरुवात

writer

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाले वडागत चरणबद्ध ऐलानी जग्गाको नापी कार्य शुक्रबार एक औपचारिक कार्यक्रम गरि थालनी गरेको छ । भुमिहिन, सुकुम्बासी तथा अवस्थित बासोबास समस्यालाई समाधान गर्ने उद्देश्यले जग्गाको नापी कार्य सुरु गरिएको हो । कानेपोखरी ६ स्थित बिहिबारेबाट ऐलानी जग्गाको नापी कार्य सुरु गरिएको छ ।

कार्यक्रममा सुकुम्बासी समस्या समाधान आयोग जिल्ला अध्यक्ष डिबी राईले अत्याधुनिक नापी मेसिनको पूजाआजा गर्दै नापी कार्यको उद्धाटन गरेका थिए । उनले सुकुम्बासी समस्या गाउँपालिका भित्र रहेका ऐलानी जग्गाको नापी कार्य सम्पन्न गरि अन्य प्रकृया पुरा गरि निकट भबिष्यमा नै जग्गाधनिलाई धनि पुर्जा बितरण गरिने बताए । राइले मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाबाट नापी कार्यको शुरुवात गरिएको बताए ।

सो कार्यक्रममा सर्वेक्षक कमल कुमार बरालले प्राविधीक जानकारी दिदैँ नापी कार्य सकिएपछि डिजीटल कम्युटर सफ्टेवरको सहायताबाट धनिपूर्जासम्म प्रदान गर्ने कार्य सहजै हुने बताए । बरालले नापी कार्यको क्रममा स्थानियलाई भरपुर सहयोग गरिदिनका लागि अनुरोध गरे साथै सहयोग गरे जग्गा नापी कार्य चाडैँ र सहजै रुपमा सम्पन्न गर्न सकिने पनि बताए । जग्गा सर्बेक्षण कार्यमा १५ वटा पोइन्टहरु बनाएर त्यसलाई नै आधार मानि जग्गाको डिजिटल सर्बेक्षण गरिने सर्बेक्षक बरालले जानकारी दिए ।

कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष तारा बहादुर काफ्लेले कानेपोखरी गाउँपालिकामा शुरुवाती चरणबाट नै जग्गाधनिले भोगचलन गर्दै आएको ऐलानी जमिन, लालबाबु पंण्डितको आयोगले वितरण गरेको २५ बर्षै पुर्जावाला जमिन, धनिपुर्जा एक जनाको नाममा रहेको र अर्को जनाले भोगचलन गर्दै आएको जमिन लगायत गरेर ४ प्रकारका ऐलेनी जग्गाहरु रहेको बताए । काफ्लेले जग्गा सर्बेक्षण तथा नापी कार्यमा सहयोग गर्न सम्पूर्ण कानेपोखरी गाउँपालिकाका आम जनसुदायलाई अनुरोध गरे । कानेपोखरी गाउँपालिकामा संकलित भएको तथ्यांक विवरण अनुुसार ३९२ घरधुरी भुमिहिन दलित,१६५३ घरधुरी भुमिहिन सुकुम्बासी, २५२३ अब्यवस्थित बसोबास र अधुरा कार्यहरु ३७३ गरेर जम्मा ४९४१ घरधुरी रहेका छन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes