विद्युत् सर्टभएर भएर फर्निचर उद्योगमा आगलागी - Pahilo Online

विद्युत् सर्टभएर भएर फर्निचर उद्योगमा आगलागी

writer

मोरङ । मोरङको धनपालथान गाउँपालिका ४ कर्सियास्थित राजेन्द्र शर्माको फर्निचर उद्योगमा आगलागी भएको छ । आगलागी बाट ७० लाख मूल्य बराबरको क्षति भएको अनुमान् गरीएको छ । आगलागीबाट उद्योग र उद्योगसँगै रहेको एक होटेल पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

विद्युत सर्ट भएर आगलागी हुँदा फर्निचरसँगै रहेको रंगेली–२ का बद्रीकुमार कार्कीको होटेलसमेत जलेको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । रंगेली २ घर भएका शर्माको फर्निचर उद्योगमा ६० लाख र कार्कीको होटेलमा १० लाख मूल्य बराबरको क्षति भएको उनले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes