पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा कोरोना संक्रमित उपचारमा सञ्चालनमा रहेको आइसोलेसनका लागि मोरङ सुनसरी सेवा समाजले आज ४ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।
संस्थाका संस्थापक अध्यक्ष मिलन खत्रीको अगुवाईमा रमेश खत्री सहितले नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितलाई ४ वटा खाली सिलिण्डर हस्तान्तरण भएको छ । समाजले मोरङ र सुनसरीमा गरी विभिन्न पालिकामा ७० वटा सिलिण्डर उपलब्ध गराएको छ । नगर अस्पतालमा सञ्चालित आइसोलेसनका लागि नगरमा अत्याधुनिक ३ र अन्य २६ गरी २९ वटा सिलिण्डर संकलन भएको छ ।