पथरी शनिश्चरे । स्वास्थ्य सतर्कता अपनाउँदै मोरङको पथरी शनिश्चरे नगरको योजना अनुगमन् समितिकोे अगुवाईमा नगरले छानोका लागि आवश्यक जस्तापाताका लागि नगरका सामुदायिक विद्यालयहरुको आज अनुगमन् गरेको छ ।
उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले, सामाजिक विकास समिति सदस्य भद्रमान विश्वकर्मा, शिक्षा अधिकृत नविन खुलाल, अनुगमन् समिति सदस्य यामप्रसाद गुरागाईं, मैनाकुमारी राई लिम्बू, निर्मला गदाल र प्राविधिक दीपक आचार्य सहितको टोलीले योजना अनुगमन् गरेको हो । जीर्ण अवस्थाको छानो फेर्ने कार्यक्रम स्वरुप विद्यालयहरुको अनुगमन् भएको छ ।