जनताको सहजताको लागि इटहरीमा टोलवस्तिमै पुगेर कोरोना परीक्षण - Pahilo Online

जनताको सहजताको लागि इटहरीमा टोलवस्तिमै पुगेर कोरोना परीक्षण

writer

इटहरी । इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तिमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । गाँउ वस्तिका जनताको सहजताका लागि टोलमै पुगेर घर घर बाट बोलाउदै निशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिए । उनका अनुसार अहिले सम्म वडा नम्वर २,३,४,१२,१४ र १९ नम्बरका समुदायमै पुगेर परीक्षण गरिएको छ । एउटै टोलमा धेरै जना विरामी भएको जानकारी पाँउना साथ उपमहानगरको स्वास्थ्य टोली समूदायमै पुगेर परीक्षण गर्ने गरेको हो ।

परीक्षण सँगै पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरुलाई औषधी समेत वितरण गरिनेछ । कुनै समस्या देखा परेमा स्वास्थ्यकर्मी चिकित्सकको हटलाइन नम्वर दिएर फोन गर्न आग्रह गरिएको छ । समूदायमा कोरोना संक्रमण फैलन नदिन र लागिहाले होम आइसोलेसनमा बस्दा अपनाउनु पर्ने सावधानीका बारेमा पनि जानकारी दिने गरिएको छ । यसैगरि इटहरी रंगशालामा उपमहानगरले विहान ८ वजेदेखि १० वजे सम्म निशूल्क पिसिआर परीक्षण जारी राखेको छ । दिनमा सय वढिको स्वाव संकलन गरेर परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिने गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूनतम शूल्क उपमहानगरले उपलब्ध गराएर उपमहानरवासीका लागि निशूल्क परीक्षण गरिरहेको हो । अहिले परीक्षण गरेकै दिन पनि रिर्पोट आउने गरेको छ स्वास्थ्य शाखाकी पुजा भटटराईले भनिन् “हिजो स्वाव संकलन गरेकै दिन रिर्पोट आयो ढिलो हुदाँ पनि भोलिपल्ट त आँउछ ।”

प्रदेश ल्यावमा पनि परीक्षणको दायरा बढाउनका लागि प्रदेश सरकार सँग उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिए । इटहरी उपमहानगर स्वास्थ्य शाखाले संक्रमितहरुलाई फोन गरेर उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने र सल्लाह दिने गर्दै आएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतम स्वास्थ्यकर्मीको टोली सहित संक्रमितहरुको घर घरमै समेत पुग्ने गरेका छन् । इटहरी अस्पतालले विज्ञहरु राखेर संक्रमितहरु सँग जुम छलफल कार्यक्रम समेत गरेको छ । इटहरी उपमहानगरले कोभिड संक्रमित विरामीका लागि दुई वटा एम्वुलेन्स २४ घण्टै तैनाथ गरेको छ । इटहरी उपमहानगरले इटहरी रंगशालामा संचालन गरेको ५० वेडको अक्सिजन सहितको आइसोलेसनबाट संक्रमित नगरवासीले सेवा लिइरहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes