कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त हतियार सहित पक्राउ - Pahilo Online

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त हतियार सहित पक्राउ

writer

मोरङ । मोरङको केरावारी गाउँपालिका–३ का ३२ बर्षीय हस्त बहादुर राईको हत्यामा संग्लग्न रहेका ४ जना, ४ थान भरुवा बन्दुक सहित पक्राउ परेका छन् । गत बैशाख ८ गते मृतक राई सहित १० जनाको समुहमा स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएकोमा समुहकै गजेन्द्र राईले चलाएको भरुवा बन्दुकको गोली लागेर राईको मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका मध्ये रुबिन लिम्बु र गजेन्द्र बहादुर राईलाई बैशाख ९ गते नै १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको थियो ।

उक्त घटना संग्लग्न रहेका अन्य अभियुक्तहरुको खोजतलास भईरहेकोमा जेष्ठ १९ गते केराबारी गाउँपालिका.–३ का ४४ बर्षीय डिक बहादुर राई, ३६ बर्षीय बुद्धबिर लिम्बु, १९ बर्षीय राम प्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ बर्षीय विपन लिम्बु पक्राउ परेका हुन् । निजहरु पक्राउ परेसंगै थप अनुसन्धान गर्ने क्रममा घटनामा प्रयोग भई उनिहरुले जंगलको ओढार मुनी लुकाई छिपाई राखेको ४ थान भरुवा बन्दुक समेत बरामद गरिएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes