मृगौला पिडित रमेशद्धारा सहयोगको अपिल - Pahilo Online

मृगौला पिडित रमेशद्धारा सहयोगको अपिल

writer

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाका मृगौला पिडित रमेश कुमार थारुले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछी सहयोगको अपिल गरेका छन । कानेपोखरी ५ भौसाबारी निवासी २९ बर्षिय थारुले थप उपचारका लागि आफ्नो आर्थिक स्थिति कमजोर भएका कारण उपचारका लागि सबैमा आर्थिक सहयोगको अपिल गरेका हुन ।गत बैशाख २० गते आफ्नो शरिरमा समस्या देखा परेपछि चेक जाच गर्न अस्पताल पुग्दा उनको मृगौलामा समस्या रहेको थाहा भएको हो ।


२९ बर्षिय थारु दैनिक ज्याला मजदुरी गर्दै आफ्नो गुजारा चलाउदै आएका थिए । थारुको ८ जनाको परिवार उनकै ज्याला मजदुरीबाट पालिएको उनले दुखेसो सुनाए । आफु बिरामी परेपछि परिवारका अन्य सदस्यहरुको बिहान बेलुकाको छाक टार्न समेत समस्या भएको थारुले बताए ।अहिले सम्म उपचारका क्रममा १ लाख रुपैया खर्च भएले अब थप उपचारका लागि आर्थिक अभाव भएकाले आर्थिक सहयोग जुटाइदिन उनले सहयोगी मनहरुलाई अपिल गरेका छन ।

थारुलाइ आर्थिक सहयोग गर्न चाहने सहयोगी हातहरुका लागि एनआईसी बैंकको खाता नं.३०२०१५६९६१५२४०१ मा आर्थिक सहयोग गरि दिन अनुरोध गरिएको छ । थारुलाई प्रत्यक्ष रुपमा सहयोग गर्न चाहने महानुभावहरुका लागि उनको मोबाइल नं.९८११०७१२८७, ९८६४२९०७५३ पनि सार्वजानिक गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes