झापाबाट नक्कली नोट र ब्राउन सुगरसहित एक जना युवा पक्राउ - Pahilo Online

झापाबाट नक्कली नोट र ब्राउन सुगरसहित एक जना युवा पक्राउ

writer

झापा । नक्कली नोट र लागुऔषधको कारोबार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका ३ स्थित बेलडाँगी २ सेक्टर सी २ छाप्रा नम्बर २४४ बस्ने ३२ वर्षीय पूर्णबहादुर बानियाँ रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

दमक १ स्थित राधे होटेल एन्ड लजको कोठाभित्र लागुऔषध ब्राउन सुगरको कारोबारी भइरहेको विशेष सूचनाको आधारका इलाका प्रहरी कार्यालय दमकको टोलीले मङ्गलबार राति ११ बजे छापा मारेको थियो। प्रहरीले होटेलमा छापा मारेर बानियाँलाई नियन्त्रण लिइएको थियो।

त्यसपछि प्रहरीले उनको शरीर र कोठा पूरै खोज तलास गर्दा उनले लगाएको पेन्ट गोजीबाट प्रहरीले एक हजार दरको नेपाली रुपैयाँको ८ थान नोट र सानो प्लास्टिकको दुई वटा प्याकेटमा राखिएको ४७ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर फेला पारेको डिएसपी थापाले बताए। नक्कली नोट र ब्राउन सुगरसहित पक्राउ परेका उनलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes