अहेब माथि कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै कोसीका स्वास्थ्यकर्मी आन्दोलित - Pahilo Online

अहेब माथि कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै कोसीका स्वास्थ्यकर्मी आन्दोलित

writer

मोरङ । कोशी अञ्चल अस्पताल विराटनगरका अहेब माथि कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै कोसीका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । साथै उनीहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाको माग गरेका छन् । नेपाल चिकित्सक संघ कोशीको अगुवाईमा बुधबार कोसीअस्पताल परिसरभित्र स्वास्थ्यकर्मी र चिकित्सकहरू आन्दोलित भएर सुरक्षाको मागसमेत गरेका हुन् ।

ड्युटी सकेर घर जाने क्रममा कोसी अस्पतालमा कार्यरत सिनियर पाँचौ तहका अहेब अशोक राजवंशीलाई प्रहरीले कुटपिट गरेको थियो। प्रहरीको कुटाइबाट स्वास्थ्यकर्मी राजवंशीको खुट्टामा चोटपटक लागेको छ। आफू स्वास्थ्यकर्मी हो भन्ने जानकारी गराउँदा, गराउँदै पनि प्रहरीले निर्घात कुटपिट गरेको राजवंशीको भनाइ छ।

ज्यान बचाउन खटिने स्वास्थ्यकर्मीमाथि सुरक्षा दिन बसेका प्रहरीले अमर्यादित तवरले कुटपिट गर्नु गम्भीर विषय रहेको नेपाल चिकित्सक संघका कोशीका अध्यक्ष डा फरवार्ड सिलवाल बताउँछन्। चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षा माग गर्दै संघले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ध्यानाकर्षण गराएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes