पथरी शनिश्चरे नगरमा अर्काे सूचना नभएसम्मका लागि निशेधआज्ञा जारी - Pahilo Online

पथरी शनिश्चरे नगरमा अर्काे सूचना नभएसम्मका लागि निशेधआज्ञा जारी

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा कोरोना संक्रमणको जोखिम यथावत नै रहेकाले अर्काे सूचना नभएसम्मका लागि यस अघि झैं औषधि पसल बाहेक सम्पूर्ण पसल, व्यवसाय र आवतजावत वन्द गर्ने निर्णय भएको छ ।

नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको सोमबारको बैठकले अघिल्लो बैठकले गरेको निर्णयलाई निरन्तरता दिँदै अर्काे सूचना नभएसम्मका लागि औषधि पसल बाहेक सम्पूर्ण पसल, व्यवसाय र आवतजावत वन्द गर्ने निर्णय गरेको हो । नगर उपप्रमुख एवम् समन्वय समिति सहसंयोजक यमुना विष्ट वास्तोलाको अध्यक्षताको बैठकले कोरोना संक्रमितनगरवासीमा सीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । दिवंगतहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

बैठकले, जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिले जेठ १७ गते राती १२ बजेदेखि जेठ २४ गते राती १२ बजेसम्मका लागि थप गरेको निषेधाज्ञा आदेश पालना गर्न प्रचार प्रसार गर्दै अनुगमन् गर्ने र त्यसको उल्लंघन गरेको पाइएमा प्रहरी प्रशासनबाट आवश्यक कारबाही समेत गरिने पनि निर्णय गरेको छ ।

निर्माण सामग्री बोक्ने मालबाहक यातायात साधनमा चालक बाहेक बढीमा २ जना सहयोगी मात्र रहने समेत यस अघिको बैठकले निर्णय गरेको थियो । वडा वडामा निषेधआज्ञाको अनुगमन् गर्न प्रहरी प्रशासन सहितको संयन्त्रको सक्रियतालाई निरन्तरता दिने समेत निर्णय गरिएको छ । बैठकमा, हालसम्म नगरमा २ सय ३ जना संक्रमित भएकोमा ७६ जना निको भएका छन् भनें १० जनाको मृत्यु भएको जानकारी गराइएको छ । नगर अस्पतालको आइसोलेनमा हालसम्म ११ जना आएमध्ये ४ जना डिस्चार्ज, २ जना रेफर र ५ जना उपचाररत छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes