पिलुवा खोलाले बगाउदा एक जनाको मृत्यु - Pahilo Online

पिलुवा खोलाले बगाउदा एक जनाको मृत्यु

writer

संखुवासभा । संखुवासभामा पिलुवा खोलाले बगाउँदा अरुण भ्याली हाइड्रोपावरका कर्मचारीको मृत्यु भएको छ। मादी नगरपालिका–५ मुलपानीका ३० वर्षीय महेश दाहालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।

हाइड्रोपावरका कर्मचारी दाहाललाई शुक्रबार दिउँसो ३ बजेखोला तर्ने क्रममा पिलुवा खोलाले बगाएर बेपत्ता बनाएको थियो । उनको शव शनिबार बिहान घटना स्थलभन्दा एक किलेमिटर तल चैनपुर नगरपालिका–७ मा फेला परेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए। शुक्रबार शव फेला नपरेपछि स्थानीय र प्रहरीले शनिबार विहानैदेखि खोजी गरेका थिए। उनी घरबाट कार्यालय आउँदै गर्दा पिलुवा खोलाले बगाएको थियो। उनको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes