पथरी शनिश्चरे युएइ समाजद्वारा नगर अस्पताललाई अक्सिजन सिलिण्डर - Pahilo Online

पथरी शनिश्चरे युएइ समाजद्वारा नगर अस्पताललाई अक्सिजन सिलिण्डर

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेको नगर अस्पतालमा कोरोना भाइरस संक्रमित विरामीको उपचारमा सञ्चालित आइसोलेसन वार्डका लागि पथरी शनिश्चरे युएइ समाजले आज ६ वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ । समाजका मोहन गौतम, तीर्थ आचार्य सहितका समाजका अगुवाहरुले नगर उपप्रमुख यमुना विष्ट वास्तोला, स्वास्थ्य शाखाका प्रमुख (जनस्वास्थ्य निरीक्षक) मुरारी आचार्य सहितलाई हस्तान्तरण गरे । सो समाजले ८६ हजार ८ सय रुपैयाँमा सिलिण्डर समेत खरिद गरी अक्सिजन भरेर उपलब्ध गराएको हो ।


यस अघि, आइसोलेसनका लागि पथरीशनिश्चरे १ को शिव वस्त्रालयका खगेन्द्र भट्टराईबाट २ वटा र युवा समाजसेवी भूपाल श्रेष्ठ सहित आवद्ध बेलबारीको भाउन्ने बल्लुचोकस्थित सूर्य एग्रिग्रेटबाट ३ वटा खाली सिलिण्डर उपलब्ध भएको छ । जिल्ला प्रशासन कार्यालयले ५ वटा सिलिण्डर उपलब्ध गराएको छ । १ नम्बर वडाको चापागाईं मेडिकल हलका हेमसागर चापागाईंबाट भरेको २ थान अक्सिजन सिलिण्डर खरिद गरेर प्रदान भएको छ ।


पथरीशनिश्चरे घर भएका अमेरिका नेपाल मेडिकल फाउण्डेशनका अध्यक्ष डा.भूपेन्द्रकुमार बस्नेतको अगुवाईमा ३ वटा विद्युतीय अत्याधुनिक अक्सिजन कन्सन्ट्रेटर मेसिन, पीपीइ र एन नाइन्टीफाइभ मास्क सहितका १५ लाख बढी रुपैयाँका सामग्री प्रदान भएको छ । पथरी काठमाडौं मैत्री समाजको पहलमा सामग्री जुटाएर नगरलाई हस्तान्तरण गरिएको छ । हालसम्म, १८ वटा नर्मल अक्सिजन सिलिण्डर र ३ वटा विद्युतीय अत्याधुनिक अक्सिजन कन्सन्ट्रेटर मेसिन उपलब्ध भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes