भरतमोहन अधिकारी स्मृति फाउण्डेशनबाट नगर अस्पताललाई स्वास्थ्य सामग्री - Pahilo Online

भरतमोहन अधिकारी स्मृति फाउण्डेशनबाट नगर अस्पताललाई स्वास्थ्य सामग्री

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेका स्वास्थ्य निकायका लागि कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराउने क्रम बढेको छ । यस क्रममा पछिल्लो पटक पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी स्मृति फाउण्डेशन्ले ४५ थान पीपीइ सेट, २० थान अक्सिमिटर, १५० थान एन नाइन्टीफाइभ मास्क, १ हजार थान सर्जिकल मास्क तथा हेडसिल्ड, बुट, सोडियम हाइपोक्लोराइड, सेनिटाइजर र ग्लोब उपलब्ध गराएको छ ।

पथरी नगर अस्पताल सहितका नगरका स्वास्थ्य चौकीका लागि उपलब्ध गराइएका ती स्वास्थ्य सामग्री फाउण्डेशनका सदस्य एवम् संविधानसभा सदस्य चण्डीप्रसाद राईको अगुवाईमा नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य सहितका स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes