कोसिस संस्थासँगको सहकार्यमा संक्रमितलाई मनोपरामर्श सेवा - Pahilo Online

कोसिस संस्थासँगको सहकार्यमा संक्रमितलाई मनोपरामर्श सेवा

writer

मोरङ । गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचार गर्दै आएको विराटनगरस्थित कोशी कोभिड १९ उपचार केन्द्रले संक्रमित विरामीहरुका लागि मनोपरामर्श सेवासमेत सुचारु गरेको छ ।संक्रमित भएपछि कतिपय विरामीहरुमा मानसिक समस्या पनि देखा पर्न थालेकाले अस्पतालले मनोपरामर्श सेवा सुरु गरेको हो ।

प्रदेश सरकारको सहयोगमा सञ्चालित विराटनगरस्थित कोशी कोभिड १९ उपचार केन्द्रले गम्भीर अवस्थाका संक्रमितको उपचार गर्दै आएको छ । दोस्रो चरणको कोभिड भेरियन्टमा संक्रमित हुनेको संख्या र संक्रमणबाट मृत्यु हुनेको संख्यामा बृद्धि भएको कारण संक्रमितहरु मानसिक रुपमा डराउने गरेकाले अस्पतालले मनोपरामर्श सेवा सुरु गरेको अस्पतालका व्यवस्थापक संयोजक बैजनाथ साहले बताए ।

खासगरी संक्रमित विरामीहरु डराउनाले थप समस्याहरु देखा परेकाले अस्पतालले कोसिस मनोपरामर्श नामक संस्थासँग सहकार्य गरेर विरामीहरुलाई मनोपरामर्श दिन थालेको हो । मनोपरामर्श सेवा सुरु गरेपछि भेन्टिरटरमा राख्नुपर्ने अवस्थामा पुगेका विरामीहरुमा पनि सुधार आउन थालेको साहले बताए ।

अस्पतालले विरामीका आफन्तहरुलाई पनि मनोपरामर्शका साथै विरामीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउने गरेको जनाएको छ । अस्पतालले आफ्ना विरामीहरुलाई मनोपरामर्श दिन थालेपछि केहि राहत महसुस गरेको विरामीका आफन्त सुनसरीको इटहरीका सुवास धितालले बताए ।प्रदेश १ सरकार मातहत सञ्चालित आइसियु, भेन्टिलेटर र अक्सिजनलगायत सुविधासहितका ९६ वटा बेड रहेको अस्पतालमा सबै बेडमा संक्रमित विरामी उपचाररत छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes