धिमाल ग्रामथानमा विना अनुमति व्यवसायिक संरचना निर्माण गर्ने कदम विरुद्ध विरोध - Pahilo Online

धिमाल ग्रामथानमा विना अनुमति व्यवसायिक संरचना निर्माण गर्ने कदम विरुद्ध विरोध

writer

कानेपोखरी । मोरङको कानेपोखरी गाँउपालिकामा आदिमकाल देखि धिमाल समुदाय बसोवास गर्दै आएका छन् । धिमाल समुदायको इतिहास, संस्कृति र जीवन शैली वन जंगल, खोला नाला लगायत प्रकृतिसँग जोडिएको छ । कानेपोखरी वडा नं ७ मा धम्कुवा गाउँ टोल समितिले लामो समयदेखि ग्रामथान निर्माण गरी पुजाआजा गर्दै आएका छन् ।

तर उक्त ग्रामथानमा कानेपोखरी गाँउपालिका र वडा नं ७ को सयुक्त पहलमा संरक्षक धिमाल समुदायसँग विना छलफल र कुनै अनुमती नलिई व्यवसायिक संरचना निर्माण गर्न लागिएको पाइएको छ । पालिका र वडाको यस कदम प्रति विरोध जनाउदै मंगलबार धिमाल जातीय विकास केन्द्र धम्कुवा टोल समिति र धिमाल जातीय विकास केन्द्र कानेपोखरी गाँउपालिका समितिको गम्भिर ध्यानाकर्षण भएको जनाउदै प्रेस विज्ञप्ति जारी गरेका छन् ।

धिमाल समुदायसँग कुनै छलफल र अनुमती नलिई ऐतिहासिक स्थलको अतिक्रमण गर्नु अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी १६९ विपरित कार्य भएको विज्ञप्तिमा उल्लेख छ । ग्रामथानको इतिहास र संस्कृतिलाई समाप्त गरी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त बजेबाट स्थानीय सरकारले निर्माण गर्ने अदुरदर्शी कदमलाई सच्याउन विज्ञप्तिमा माग गरीएको छ । आदिवासी समुदायको देव स्थललाई समाप्त गरी धार्मिक तथा सांस्कृतिक अतिक्रमणकारी स्थानीय सरकारको कदम विरुद्ध एक हुन सम्पूर्ण न्यायप्रेमी, संस्कृतिप्रेमी, नागरिक समाज, आदिवासी अभियन्ताहरु र वुद्धिजिवि वर्गमा विज्ञप्ति मार्फत आब्हान गरेका छन् ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes