संघीय सरकारले पठाएको स्वास्थ्य सामग्री सुन्दरहरैँचा आइपुग्यो - Pahilo Online

संघीय सरकारले पठाएको स्वास्थ्य सामग्री सुन्दरहरैँचा आइपुग्यो

writer

गणेश पोख्रेल । मोरङ । कोरोना तिब्ररुपले बढीरहेका बेला त्यसलाइ नियन्त्रण तथा रोकथाम गर्न भन्दै संघीय सरकारले पठाएको स्वास्थ्य सामाग्री सुन्दरहरैँचा नगरपालिकामा आइपुगेको छ । मोरङको सुन्दरहरैचाका जनताका लागि मात्र प्रयोग हुने गरि मंगलबार उक्त सामान आइपुगेको हो । संक्रमण रोकथाम र नियन्त्रणका लागि आएको स्वास्थ्य सामाग्रीहरु दुइ थान थर्मल गन, एकथान अक्सोमिटर, पिपिइ सेट १० थान, एन नाइन्टी फाइब मास्क ५० थान र सर्जिकल माक्स ५०० थान आइपुगेको सुन्दरहरँैचाका प्रमुख शिव प्रसाद ढकालले जानकारी दिए ।

दुइलाख भन्दाबढी जनसख्या भएको यस नगरपालिकामा कोरोना संक्रमणको दर तिब्र रूपमा वृद्धि भइरहेको छ । नियन्त्रण गर्न समस्या भइरहेको बेला संघीय सरकारले पठाएको स्वास्थ्य सामग्रीले कोराना नियन्त्रणका लागि केहि राहत मिले पनि पर्याप्त नहुन प्रमुख ढकालले बताए । भाषण र आश्वासनले मात्र महामारी नियन्त्रण नहुने बताउदँै सबै तहका सरकार सजक र जिम्मेवार बन्नुपर्ने उनले बताए । संघीय सरकारले पठाएको सामाग्री हालको बिषम परिस्थितिमा अपर्याप्त भएको भन्दै प्रदेश सरकार पनि गैरजिम्मेवार बनेको गुनासो गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes