विदेशमा रहेका युवाको सहयोगमा कोरोनाको कारण समस्यामा परेका परिवारलाई राहत वितरण - Pahilo Online

विदेशमा रहेका युवाको सहयोगमा कोरोनाको कारण समस्यामा परेका परिवारलाई राहत वितरण

writer

गणेश पोखरेल । मोरङ । कोरोनाको कहरले देश लकडाउनमा परेपछी रोजिरोटी गुमाएका गरिब, असहाय, रोगी र बिपन्न हरुलाइ लक्ष्यीत गरि मोरङको सुन्दर हरैचा १० का एक युवकले विदेशबाट आर्थिक सहयोग गरेका छन् । लोकनाथका एकमात्र छोरा सूर्य नाथ खरेल हाल विदेशमै रहेर पनि यहाँका गरिब जनतालाइ आर्थिक र खाद्यान्न सहयोग गरि सरकार लाइनै चुनौती दिएका छन् ।

कोरनाको कहरले जनता आक्रान्त बनिरहेका बेला सरकार पार्टीको आन्तरीक मामिलामा लिप्त भईरहेको छ । जनतामा भोकमरिको अवस्था लाई मध्यनजर गर्दै सो बाट बचाउनका लागि र अन्धो सरकारको आँखा खुलाउन पनि सहयोग गरेको सूर्य नाथ खरेलले बताए । पहिले चरणमा एकसय घरसम्मलाई खाद्यन्न सामग्री वितरण गर्ने लक्ष्य रहेको छ । एक घर बराबर मनसुली चालल २५ के.जिको एक बोरा, खानेतेल १ लिटर, दाल २ के.जि, नुन २ के.जि, नुहाउने र लुगाधुने साबुन १/१ वटा र २५ पिस मास्क वितरण गरिरहेको सूर्य नाथ खरेलका बुवा लोकनाथ खरेलले जानकारी दिए ।

उक्त सामग्री वितरण गर्न नेपाली काङ्ग्रेसका नेता ललित बहादुर श्रेष्ठको नेतृत्वमा युवा परिचालन समिति बनाएर वितरण कार्यलाइ सहज बनाइएको हो । जसमा सुन्दर हरैचा तरुण दल, नेविसंघ क्षेत्रीय कार्य समिति, नेपाल इन्जिनियर्स केन्द्र, बि.पि युवा मञ्च र अन्य समाजका सामाजिक व्यक्तिहरुले पनि कोरनाको कुनै प्रवाह नगरी वितरण कार्यमा सहयोग गरेको नेता ललित श्रेष्ठले बताए । उनका अनुसार विदेशमा रहेका अरु थुप्रै साथीहरु र संघ सस्थाहरुले सहयोग गर्ने आश्वासन दिईरहेको तर उक्त सहयोग आवश्यकताको महसुस भएमा मात्र ग्रहण गर्ने बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes