मौसम अनुकुल भएसँगै आइतबार १५० आरोहीद्वारा सगरमाथाको आरोहण - Pahilo Online

मौसम अनुकुल भएसँगै आइतबार १५० आरोहीद्वारा सगरमाथाको आरोहण

writer

सोलुखुम्बु । मौसम अनुकुल भएसँगै आइतबार एकैदिन एक सय ५० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। वसन्त यामको आरोहणमा आज सबैभन्दा बढी आरोही शिखरमा पुगेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

ताउ–ते आँधीका कारण मौसम प्रतिकुल हुँदा आधार शिविर र शिविर २ मा रहेका अधिकांश आरोही (आज) आइतबार शिखरतर्फ लगेका थिए। ताउ–ते आँधीका कारण मौसम प्रतिकुल हुँदा वैशाख २९ यता आरोहण हुन सकेको थिएन।

सगरमाथा आधार शिविरमा रहेका श्रेष्ठका अनुसार शेर्पा आरोही समुहले वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको वसन्त यामको आरोहण सुरु भएको थियो। वैशाख २८ र २९ गते एक सय ७० आरोही सगरमाथा शिखरमा पुगे पनि त्यसपछि आरोहण रोकिएको थियो।

अब करिब एक हप्ता मात्रै आरोहणका लागि मौसम अनुकुल हुने भएकाले मौसम खुल्नासाथ आरोहीहरु शिखरतर्फ लागेको आरोहणमा क्लाइम्बिङ गाइड पेम्बा दाबा शेर्पाले बताए। यो वर्ष सगरमाथा आरोहणका लागि चार सय आठजनाले अनुमति लिएका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes