आइसोलेसनमा आवश्यक केही स्वास्थ्य सामग्री - Pahilo Online

आइसोलेसनमा आवश्यक केही स्वास्थ्य सामग्री

writer

पथरी शनिश्चरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मोरङको पथरी शनिश्चरे नगरमा कोरोना संक्रमितहरुका लागि सञ्चालन गरिने आइसोलेसनमा आवश्यक केही स्वास्थ्य सामग्री उपलब्ध भएको छ । मन्त्रालयबाट गाउन, एन नाइन्टी फाइभ मास्क, सेफ्टी चश्मा, पञ्जा, सेनिटाइजर तथा केही उपकरणका सामग्री प्राप्त भएको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले जानकारी दिए।

नगरमा निर्माण भएको आइसोलेसनका लागि नगरको वडा नम्बर १ को शिव बस्त्रालयले २ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । त्यस्तै, बेलबारीको भाउन्ने बल्लुचोकस्थित सूर्य एग्रिग्रेटले ३ वटा सिलिण्डर उपलब्ध गराएको छ । नगरमा रहेका अक्सिजनका सिलिण्डरलाई यो बेला कोरोना संक्रमितका लागि उपयोग गर्नका लागि उपलब्ध गराउन नगर उपप्रमुख वास्तोलाले आव्हान समेत गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes