पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु - Pahilo Online

पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु

writer

कानेपोखरी । कानेपोखरी ४ शिवालय पुर्व डाँस खोला नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ । शनिबार बेलुका करिब ६ बजे पथरी शनिश्चरे ८ मङ्लबारे निवासी २९ बर्षिय बिनोद पाण्डेको पौडी खेल्ने क्रममा मृत्यु भएको हो । तर, उनको मृत्युको प्रमाणित आज आइतबार बिहान शव भेटिएपछी मात्र भएको थियो ।

बेलुकै उनी हराएपछी खोजी कार्य सुरु गरियो तर अबेरसम्म नभेटिसम्म पुनः आज आइतबार इलाका प्रहरी कार्यालय पथरी, शसस्त्र प्रहरी बल शनिश्चरे र रमाइलो प्रहरी कार्यालयको संयुक्त टोलिले खोजी गरि बिहान करिब ९ः४५ बजे पोखरीबाट शव निकालेको इलाका प्रहरी कार्यालयका डिएसपी कृष्ण खड्काले जानकारी दिए ।

उनिसँगै उनका एक साथी पनि पौडी खेल्न सो पोखरी गएका थिए । उनि भने सकुसल रहेका छन् । मृतकलाई हाल पोष्टमार्टमको लागि मङ्लबारे अस्पताल लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको पनि डिएसपी खड्काले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes