असंवैधानिक कदमविरुद्ध वाइसीएल कानेपोखरीद्वारा पुत्ला दहन - Pahilo Online

असंवैधानिक कदमविरुद्ध वाइसीएल कानेपोखरीद्वारा पुत्ला दहन

writer

कानेपोखरी । नेकपा (माओवादी केन्द्र) कानेपोखरीको भातृ संगठन वाइसीएल नेपालको आयोजनामा शनिबार प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गरिएको छ। कानेपोखरी ४ बयरबनमा सामाजिक दूरी कायम गरि राष्ट्रपति–प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध ब्यानर प्रदर्शन, नाराबाजीसहित पुत्ला दहन गरिएको नेकपा माओवादी केन्द्र मोरङ जिल्ला सदस्य एवम् कानेपोखरी पार्टी संयोजक मनोज राजवंशीले बताए ।

भौतिक दुरि कायम गर्दै आयोजना गरिएको विरोध सभामा पार्टीका नेता भोजविर माझी, वाइसीएल कानेपोखरी सचीव अनिल धिमाल, वाइसीएल नेपाल मोरङ जिल्ला सचिव नवीन गुरुङ, वाइसीएल जिल्ला सदस्यहरु रचनमान गुरुङ, भुपेन्द्र सुब्बा, रोशन राई, स्थानीय नेताहरु खेमराज राजवंशी, बिक्रम तामाङ, मनोज लिम्बू , पुर्व जनमुक्ति सेनाका भुपेन्द्र सुब्बा लगायतको उपस्थिति रहेको थियो । प्रतिगमन नसचिएसम्म निरन्तर सुरक्षा सावधानी अपनाएर, चरणबद्ध, शान्तिपुर्ण आन्दोलन गरिरहने राजवंशी जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes