ग्यास चुहिएर पाँचथरमा घरसहितको होटलमा आगलागी - Pahilo Online

ग्यास चुहिएर पाँचथरमा घरसहितको होटलमा आगलागी

writer

पाँचथर । कुम्मायक गाउँपालिका ४ रानीगाउँमा ग्यास चुहिएर एक होटलसहितको घरमा आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आज बिहान करिब ७ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रकाश काफ्लेको घरमा रहेको होटल नमस्ते होटल एन्ड लजको भान्साघरबाट आगलागी भएको थियो । आगलागीबाट विभिन्न सामग्री जलेर पूर्णरुपमा नष्ट भएको छ । भान्साघरमा मात्रै करिब ४ लाख रुपैयाँ बराबरको सामग्री जलेको जनाइएको छ ।

प्रहरीका अनुसार १८ बन्डल टिन, चार लाख बराबरको १५ ठेक्का काठ, १०० थान प्लाई, कोशीको प्लाष्टिक ड्रम, १५ बोरा चामल, ११ हजार रुपैयाँ बराबरको दलहन, ३ लाख रुपैयाँ बराबरको कपडा जलेर नष्ट भएको जनाइएको छ । तीन तलासहित माथिल्लो तलामा टिनको छानो रहेको थियो । जहाँ सभाहलसहित विभिन्न सामग्री सोही स्थानमा भण्डारण गरी राखिएको घरधनीको भनाइ उदृत गर्दै प्रहरीले जनाएको छ । घरमा बुबाआमासहित ७ जनाको परिवार रहेका छन् । माथिल्लो तला पूर्णरुपमा क्षति पुगेको छ । (स्रोतः ब्लाष्टखबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes