मोरङको पथरीमा मध्यराति दुर्घटनामा परी दुई जनाको मृत्यु - Pahilo Online

मोरङको पथरीमा मध्यराति दुर्घटनामा परी दुई जनाको मृत्यु

writer

पथरी शनिश्चरे । मोरङको पथरीमा मध्यराति सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परेका तीन जना गम्भीर घाइते छन् । पथरीशनिश्चरे नगरपालिका २ जयचौकस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार राति १२ बजे दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परि झापाको झापा गाउँपालिका ६ शरणमतीका ६० वर्षे लक्ष्मी भन्ने लिलानाथ पौडेल र मोरङको रंगेली नगरपालिका ३ रन्जनीका ७६ वर्षे विष्णुमाया सिवाकोटीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

पथरीको जयचौकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ च १८५१ नम्बरको स्करपियोलाई सोही दिशातर्फ जाँदै गरेको ना २ ख ९४७३ नम्बरको मालवहाक सवारीसाधनले ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकको ढक्करबाट स्कारपियोमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जना गम्भीर घाइते भएको डिएसपी राईले जानकारी दिए ।

घाइते हुनेहरूमा झापा बिर्तामोड नगरपािलका २ चारपानेका ३३ वर्षे बिकाश उप्रेती, सोही ठाउँका ४५ वर्षे बिनिता पौडेल र हल्दीवारी गाउँपालिका ५ का २५ वर्षे रोशन उपे्रती रहेको प्रहरीले जनाएको छ । उनीहरुको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । उनीहरु बिरामी भेट्नका लागि राति विराटनगर तर्फ जादै गर्दा दुर्घटनामा परेको बताइएको छ । दुर्घटना गराएर भागेको ट्रक र चालकलाई प्रहरीले बिहीबार बिहान नियन्त्रणमा लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes