प्रदेश १ मा एक हजार दुई सय छ जना कोरोना संक्रमित थपिए - Pahilo Online

प्रदेश १ मा एक हजार दुई सय छ जना कोरोना संक्रमित थपिए

writer

मोरङ । प्रदेश १ मा बुधबार १ हजार २०६ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४६४, सुनसरीमा ३०९, झापामा २६४, धनकुटामा ४६, इलाममा २७, ते¥हथुममा २६, उदयपुरमा २०, ताप्लेजुङमा ४, भोजपुर र पाँचथरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा महिला ११४ र पुरुष १८५ सहित २९९, सुन्दरहरैचामा ३८, लेटाङमा ३७, रतुवामाईमा १९, सुनबर्षी र कानेपोखरीमा १२–१२, कटहरीमा ११, बेलबारीमा ९, उर्लाबारीमा ६, पथरीशनिश्चरेमा ४, रंगेली र जहदामा ३–३, मिक्लाजुङ, धनपालथान, केराबारी, ग्रामथान र बुढीगंगामा २–२, स्थानीय तह नखुलेका १, सुनसरीको धरानमा १०६, इटहरीमा १००, बर्जुमा ३५, इनरुवामा २८, गढीमा ९, दुहवीमा ८, देवानगञ्जमा ५, बराहक्षेत्र, भोक्राहानरसिंह ४–४, हरिनगर र कोशी गाउँपालिकामा २–२, रामधुनीमा १ र स्थानीय तह नखुलेका ५, झापाको विर्तामोडमा ७१, भद्रपुरमा ४६, दमकमा २९, कनकाईमा २५, अर्जुनधारामा २०, मेचीनगरमा १८, हल्दिबारीमा १५, बुद्धशान्तिमा १२, शिवसताक्षी र कचनकवलमा ७–७, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ४–४, गौरीगञ्ज र गौरादहमा २–२, बा¥हदशी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा २६, छथरमा १५, महालक्ष्मी, शहिदभूमी र पाख्रिवासमा १–१ र स्थानीय तह नखुलेका २, ते¥हथुमको आठराईमा २६, इलामको इलाम नगरपालिकामा २४, चुलाचुली, माईजोगमाई र फाकफोकथुम १–१, उदयपुरको कटारीमा १६, चौदण्डीगढी र त्रियुगामा १–१ र स्थानीय तह नखुलेका २, ताप्लेजुङको फुङलिङमा ३ र श्रीजंगामा १, भोजपुरको हतुवागढी र भोजपुरमा १–१, पाँचथरको हिलिहाङ र फिदिममा १–१, खोटाङको बराहपोखरीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४६ हजार ५६९ पुगेको छ । संक्रमित भएका मध्ये ३१ हजार ३४८ संक्रमणमुक्त भएका छन् । आज २८८ जना संक्रमणमुक्त छन् । सक्रिय संक्रमितको संख्या १४ हजार ५४१ पुगेको छ । प्रदेश १ मा आज २ हजार ४५४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५०० महिला र ७०६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes