पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरले स्वास्थ्य सतर्कता अपनाउँदै नगरमा सम्पन्न र निर्माणाधिन भौतिक निर्माणका योजनाहरुको अनुगमन् कार्य जारी राखेको छ । यस क्रममा, नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल तथा प्राविधिक सहितको टोलीले आज वडा नम्बर २, ३ र ७ का योजनाहरुको अनुगमन् गरेको छ ।
टोलीले निर्माणाधिन अवस्थाको वडा नम्बर २ र ७ नम्बर सिमानाको विष्णुचोक लामाटोल सडकको २ वटा बक्स कल्भर्ट, २ नम्बरको लाटीहोलीको बक्स कल्भर्ट, ३ नम्बरको पिपलचोक भोटेघुम्ती सडकको बक्स कल्भर्टको अनुगमन् गरेको छ । कोरोनाको संक्रमणबाट बच्दै स्वास्थ्य मापदण्डमा रहेर गुणस्तरीय रुपमा चाँडो काम सम्पन्न गर्न निर्माण उपभोक्ता समितिलाई सुझाव दिइएको छ । साथै टोलीले, पिपलचोक पूर्वको सडक ग्राभेल कार्यको पनि अनुगमन् गरेको छ ।