पथरीशनिश्चरे ४ न. वडामा जस्तापाता र धानको बिउ वितरण - Pahilo Online

पथरीशनिश्चरे ४ न. वडामा जस्तापाता र धानको बिउ वितरण

writer

 

पथरी शनिश्चरे । पथरी शनिश्चरे वडा न. ४ ले स्वास्थ्य मापदण्ड तथा सामाजिक दूरी कायम गरी मंगलबार वडाका १३ घरपरिवारलाई जस्तापाता वितरण गरेको छ । फुसको छाना हटाउ अभियान अन्तर्गत वडाले छुट्याएको एक लाख ५० हजार बजेट बाट वितरण गरीएको हो । उक्त बजेट उपभोक्ता समिति निर्माण गरी वडासंगको समन्वयमा १३ घर परिवारलाई साढे १३ बन्डल जस्तापाता वितरण गरीएको हो ।

त्यसैगरी वडाको बिउ अनुदान शीर्षक अन्तर्गत विनियोजित बजेट १ लाख बाट वडाका ७५ कृषक परिवारलाई रन्जित उन्नत जातको धानको बिउ वितरण गरीएको छ । २५ कठ्ठा भन्दा कम खेत हुने कृषकलाई प्रति कठ्ठा १ के.जी र २५ भन्दा माथि हुनेलाई एकमुष्ट ३० के.जी का दरले बिउ वितरण गरीएको वडा अध्यक्ष गोविन्द बहादुर भण्डारीले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes