कोशी अञ्चल अस्पतालमा ६१ शय्याको कोभिड अस्पताल तयार हुदै - Pahilo Online

कोशी अञ्चल अस्पतालमा ६१ शय्याको कोभिड अस्पताल तयार हुदै

बुधबारदेखि सञ्चालनमा आउने

writer

मोरङ । विराटनगरस्थित कोशी अस्पताल परिसरभित्र छुट्टै भवनमा भेन्टिलेटरसहितको ६१ शय्याको कोभिड अस्पताल सञ्चालन बुधबारबाट हुने भएको छ । मंगलबारसम्म कोभिड अस्पताल तयार भइ बुधबारदेखि संक्रमित राखेर उपचार थाल्ने कोशी अस्पतालका सुपरिडेन्टडेन्ड (मेसु) डा.चुमनलाल दासले जानकारी दिए ।

कडा लक्षण भएका कोरोना संक्रमित बढेर विरामीले उपचार पाउन छोडेपछि कोशी अस्पतालले संक्रमितको उपचार गर्न छुट्टै संरचना तयार गरेको हो । ५ शय्याको भेन्टिलेटरसहितको आइसियू, २४ बेडको एचडीयू, ३२ अक्सिजनसहितको बेड सञ्चालनमा आउने मेसु दासले जानकारी दिए । अस्पतालको मेडिकल कक्ष र ग्राउण्ड फ्लोरको पोस्टमेटल वार्डलाई कोभिड अस्पतालको रूपमा संचालन गर्ने तयारी गरिएको हो ।

मेडिकल कक्षभित्रको चार वटा कोठामा अक्सिजनसहितको बेड राखेर कोरोना संक्रमितको उपचार हुनेछ । ‘अहिले सीसीटिभी, वायरिङ, शय्यामा पु¥याउन अक्सिजनको पाइप जडानको काम सकिएको छ,’ उनले भने, ‘वेडको पनि व्यवस्थापनको काम भइरहेको र शौचालय मर्मतको काम अन्तिम चरणमा छ ।’

अहिले कोशी अस्पतालमा कार्यरत चिकित्सकको टोलीले नै संक्रमितको उपचार गर्नेछन् । ‘जनशक्ति अपुग भए थप गरिनेछ,’ मेसु दासले भने । कडा लक्षणसहितको गम्भीर प्रकृतिका कोरोना संक्रमितको संख्या बढेपछि विराटनगरमा संचालित कोभिड अस्पतालहरुमा बेड अभाब भएको बेला संघीय सरकार मातहत रहेको कोशीमा पनि संक्रमितको उपचार गर्ने तयारी भएको हो । विराटनगरमा प्रदेश सरकार मातहत कोशी कोभिड उपचार केन्द्र सञ्चालनमा छ भने निजी क्षेत्रका नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजले संक्रमितको उपचार गरिरहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes