प्रदेश १ बाट उत्पादित अक्सिजन अन्य प्रदेशमा पठाइँदै - Pahilo Online

प्रदेश १ बाट उत्पादित अक्सिजन अन्य प्रदेशमा पठाइँदै

writer

मोरङ । नेपालमा कोरोना संक्रमितको संख्या तीब्ररुपमा बढिरहेकोले अक्सिजन अभाब भएसंगै प्रदेश १ का उद्योगहरुले अन्य प्रदेशमा निर्यात गर्ने गरेको छ । प्रदेश १ को अस्पतालहरुमा बेड अभाब भइरहेका छन् । प्रदेशमा कोरोना संक्रमितको लागि छुट्याइएका बेड सबै भरिएका छन् भने नयाँ विरामीले भर्ना नपाउने अवस्था छ । थप विरामीको लागि कोभिड उपचार बेडक विस्तार गर्न सरकारले नसकेको कारण अक्सिजन पर्याप्त उत्पादन भएपनि विरामीले प्रयोग गर्न नपाएको अवस्था छ ।

प्रदेशमा रहेका अस्पतालहरुको माग अनुसार अक्सिजन आपूर्ती सहजै गरिरहेका उद्योगहरुले नियमित उद्योग सञ्चालन गरेर अक्सिजन अन्य प्रदेशमा पठाएका हुन् । काठमाडौं, बुटवल, नेपालगञ्जसहित विभिन्न क्षेत्रका अस्पतालमा अक्सिजनको अभाबमा विरामीले ज्यान गुमाउन थालेपछि प्रदेश १ बाट अक्सिजन पठाउन थालिएको हो ।

सुनसरीको खनारमा दुर्गा, सोनापुरमा विनायक र पाथीभरा प्लाण्टले अक्सिजन उत्पादन गर्छन् । मोरङमा हिमाल अक्सिजन ग्यास प्लाण्ट र मारूती अक्सिजन ग्यास प्लाण्टले उत्पादन गर्छन् । ती उद्योगले गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको स्काई ट्रक र सडक मार्गबाट पनि अक्सिजन अन्य प्रदेशमा गइरहेको छ । अन्य प्रदेशबाट आएको सिलिन्डरलाई यहाँका उद्योगले भरेर पठाउने गरेका छन् । उद्योगले प्रदेशको अक्सिजनको मागलाई धान्दै अन्य अस्पतालमा आपतकालीन उपचारका लागि आवश्यक अक्सिजन आपूर्ति गर्न थालेका हुन् ।

पाँच उद्योगले दैनिक २ हजार ७ सय सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएकोमा प्रदेशमा अहिले दैनिक १ हजार सिलिन्डर खपत हुँदै आएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाका अनुसार प्रदेशको मागलाई असर नपर्नेगरि उद्योगलाई २४ घण्टा नै सञ्चालन गर्न लागाएर अन्यत्र अक्सिजन पठाइएको हो । प्रदेशमा सहज आपूर्ति व्यवस्था भइरहेसम्म यो कार्यले निरन्तर पाउने प्रशासनले जनाएको छ । जिल्ला प्रशासनको अनुमतिमा सम्बन्धित उद्योगले अक्सिजन पठाउने गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes