मोरङ । कोरोना संक्रमणका कारण विराटनगरसहित प्रदेश १ का विभिन्न अस्पतालमा थप १५ जनाको मृत्यु भएको छ । शनिबार साँझदेखि आइतबार विहानसम्म विराटनगरको नोबेल मेडिकल कलेजमा ७ जना, विराट अस्पतालमा २ जना, कोशी कोभिड उपचार केन्द्रमा ३ जनाको मृत्यु भएको हो । यस्तै विराटनगरको ग्रिनक्रस अस्पतालमा १ जना, झापाको विएण्डसी अस्पतालमा १ जना र उदयपुर कोभिड अस्पतालमा १ जनाको मृत्यु भएको हो ।