काम गरेको पैसा नदिँदा लेटाङमा आफ्नै साथीको हत्या - Pahilo Online

काम गरेको पैसा नदिँदा लेटाङमा आफ्नै साथीको हत्या

writer

मोरङ । मोरङको लेटाङमा दुई युवाले आफ्नै साथीको हत्या गरेका छन् । डेढ वर्ष अगाडि काम गरेको पैसा नदिएपछि मोरङको लेटाङ नगरपालिका ३ का २२ वर्षीय रोमन राईको हत्या भएको हो ।राईको हत्या आरोपमा इलाका प्रहरी कार्यालय लेटाङ्गले शनिबार विहान लेटाङ ३ का २१ वर्षीय सुशील दर्जी नेपाली र २० वर्षीय दिलबहादुर लिम्बूलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसा पक्राउ परेका लिम्बू र दर्जी रोमनसँग पैसा माग्न शुक्रबार राति साढे ८ बजे घर पुगेका थिए । डेढ वर्ष अगाडि काम गरेको पैसा अझै नपाएको भन्दै घरमा पुगेका उनीहरुबीच विवाद भएको र त्यस क्रममा आक्रोशित भएर रोमनको पेटमा सुशील र दिलबहादुरले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका राईलाई त्यत्तिकै छाडेर उनीहरू फरार भए । आफन्तले उपचार गर्न विराटनगरस्थित विराट नर्सिङ होममा लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसा छुरा प्रहरा गर्ने र मृत्यु हुने रोमन तीन जना मिल्ने साथी हुन् । डेढ वर्ष अगाडि रोमनले ट्याक्टर भाडामा लिएर ढुंगागिट्टीको माग गर्ने क्रममा ट्याक्टरमा सुशिल र दिलबहादुर पनि काम गर्थै । ‘त्यही बेला काम गरेको पैसा माग्न जाँदा भएको विवादमा छुरा प्रहार भएको देखिन्छ’ मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईले भने, ‘कति पैसा लिनुपर्ने भएकोेले झगडा भएको भन्ने खुलेको छैन । अहिले अनुसन्धान भइरहेको छ ।’

काममा लगाए पनि आफूहरुले पाउनुपर्ने पैसा लामो समयदेखि नदिएकोले आवेसमा छुरा हानेको उनीहरुले प्रहरीलाई बताएका छन् । रोमनलाई आक्रमण गर्नुअघि दिलबहादुर र सुशिलले मदिरा सेवन गरेको खुलेको छ । इलाका प्रहरी कार्यालय लेटाङको प्रहरी टोलीले खोजतलास गरि उनीहरुलाई शनिबार विहान २ बजे नै लेटाङदेखि पक्राउ गरेको छ ।

प्रहरीका अनुसार हत्या गरिएका राई टयक्टर भाडा लिएर काम गर्न छोडेपछि लेटाङमै पुल हाउस सञ्चालन गरेर बस्थे । यसअघि उनले ट्याक्टर लगायतका ढुवानीका साधनको खोजी गरेर ढुङ्गा, बालुवासमेतका निर्माण सामाग्री ढुवानीका लागि ठेक्कामा लगाउने काम पनि गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes