पथरी शनिश्चरे नगरमा आज रातीबाट सवैखाले पसल बन्द - Pahilo Online

पथरी शनिश्चरे नगरमा आज रातीबाट सवैखाले पसल बन्द

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेकाले यसबाट बच्ने सतर्कताका लागि जेठ २ गते (आज) राती १२ बजेदेखि अर्काे सूचना नभएसम्मका लागि औषधि बाहेकका सवैखाले पसल व्यवसाय वन्द गर्ने निर्णय भएको छ । वडाध्यक्षहरु समेत आमन्त्रित रहेको नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको आजको बैठकले भोली जेठ २ गते राती १२ बजेबाट अर्काे सूचना नभएसम्मका लागि नगरका औषधि पसल बाहेकका सम्पूर्ण प्रकारका पसल, व्यवसाय तथा आवतजावत पूर्ण बन्द गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राईको अध्यक्षताको बैठकले नगरमा आजसम्ममा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको र ६२ जना संक्रमित भइसकेको अवस्थालाई ध्यानमा राखेर त्यसखाले निर्णय गरेको छ । बैठकले, निर्माणका क्रममा रहेको सार्वजनिक निर्माण कार्यका लागि आवश्यक ढुंगा, गिट्टी र बालुवा बोक्ने ट्रिपर सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरेर विहान ६ देखि विहान १० बजेसम्ममात्र सञ्चालन गर्न पाउने कुरा उल्लेख गरेको छ । साथै वन्दलाई कडाईका साथ कार्यान्वय गराउन वडाध्यक्षको अगुवाईमा वडा वडामा वडास्तरीय समन्वय समिति निर्माण गर्दै प्रहरी प्रशासनसँगको सहकार्यमा जनप्रतिनिधिहरु थप सक्रिय वन्ने समेत निर्णय भएको छ ।

तोकिएको यसखाले निर्णय पालना नगरे, नगराएमा तथा बस्तुहरुको कालोबजारी गरेमा कानून बमोजिम कारबाही समेत हुने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालयले पुनः आजबाट जेठ ११ गते राती १२ बजेसम्मका लागि थप कडाईका साथ निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ । नगरमा पछिल्लो पटक स्वाब संकलन गरिएका ४८ जनामध्ये १६ जनालाई कोरोना संक्रमण भएको रिपोर्ट आएपछि संक्रमितको संख्या ६२ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes