कानेपोखरी–३ मा १६ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु - Pahilo Online

कानेपोखरी–३ मा १६ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु

writer

मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित दखिनटोलमा एक साताअघि एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ । त्यस मृत्युलाई लिएर अहिले गाउँघरमा विभिन्न आशङ्का गरिएका छन् । प्रकाश खड्काको घरमा कहिलेकाहीँ घरेलु कामदारको रूपमा काम गर्दै आएकी १६ वर्षीया पुतली भनिने मधेली चौधरीको शङ्कास्पद मृत्यु भएको हो । घटनास्थल महेन्द्र राजमार्गस्थित कानेपोखरीबाट करिब १६ किलोमिटर दक्षिणमा पर्छ ।

उनको शव वैशाख २२ गते अपरान्ह करिब ४ बजेतिर घरधनी खड्काको मकैबारीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । बालिकाको यौनाङ्गबाट रक्तश्रावसमेत भएको अवस्थामा फेला परेको मृतकका फुपाजु विशेश्वर चौधरीले बताए । उनले ब्लाष्टकर्मीसँग फोनमा कुरा गर्दै भने, ‘घटना शङ्कास्पद नै छ, भदैनीमाथि बलात्कार भएको हो कि जस्तो लाग्दैछ ।’ उनका अनुसार शव भेटिएको दिन उनकै माइजूले पोलेर खाने मकै लिन पठाएको केही समय बित्दा पनि नआएपछि खोजी गर्ने क्रममा घोप्टो परेको अवस्थामा भेटिएको थियो ।

‘जसको खेतमा मकै लिन गएको, त्यसैले मरिसकेको रहेछ भन्दै भने बोलाएर रङ्गेली पठाएको रहेछ’–उनले भने । घटनाका विषयमा जानकार स्थानीय देवेन्द्र लुइटेलका अनुसार मकै लिन गएको निकै समयसम्म नआएपछि खोजी गर्दा खेतको आलीमा खोप्टो परेर लडेको अवस्थामा भेटिएको घरधनी खड्काले नै उपचारका लागि रङ्गेली पठाएको थियो ।

तर, त्यहाँ मृत भइसकेको भनेपछि उपचारमा संलग्न चिकित्सकले घटना ‘सामान्य’ नभएकाले पोष्टमार्टमका लागि विराटनगर पठाइएको उनले बताए । उनले अनुसन्धानकै क्रममा रहेकाले यसै भन्न सक्ने अवस्था नरहेको बताए । घटना शङ्कास्पद देखिएपछि प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय पथरीमातहतबाट यो घटनाको अनुसन्धान भइरहेको छ । तर, प्रहरीले घटनामा शङ्का गरिएजस्तो नदेखिएको जनाएको छ । (ब्लाष्टखबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes