पथरी शनिश्चरे नगरमा हालसम्म ४६ जनामा कोरोना संक्रमण - Pahilo Online

पथरी शनिश्चरे नगरमा हालसम्म ४६ जनामा कोरोना संक्रमण

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा हालसम्म ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये निको भएर अस्पतालबाट घर फर्किनेको संख्या ९ रहेको छ । सक्रिय संक्रमित ३७ जनामध्ये हाल अस्पतालमा ५ जना र होम आइसोलेसनमा ३२ जना रहेका छन् । प्रदेश प्रयोगशालाबाट आएको रिपोर्ट अनुसार, आजसम्ममा २५ पुरुष र २१ महिला संक्रमित हुन पुगेका छन् । नगर बाहिरको अस्पतालमा जाँच गर्दा वडा नम्बर १० का १ जना पुरुष तथा नगर अस्पतालमा वैशाख २७ मा स्वाब संकलन गरिएका २३ जनामध्ये ५ महिला र ६ पुरुषमा कोरोना देखिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ । जसमा, वडा नम्बर १ का १ पुरुष, ३ की १ महिला, ४ की १ महिला र १ पुरुष, ५ की १ महिला र २ पुरुष, ७ की २ महिला र १ पुरुष र १० का १ पुरुष रहेको रिपोर्टमा उल्लेख छ ।

त्यसैगरी, नगर अस्पतालले गरेको एन्टिजिन परीक्षणमा वडा नम्बर ५ का १ पुरुष र ९ का २ महिलामा कोरोना देखिएको छ । हालसम्म नगरले ८० जनाको पीसीआरका लागि स्वाब संकलन गरिसकिएको छ । जसमध्ये हिजो स्वाब संकलन गरिएका ४४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes