नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो - Pahilo Online

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो

writer

काठमाण्डौ । नेपालमा कोरोनाका भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा नौ हजार तीन सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार ६ सय ३४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेशनमा सात हजार दुई सय ९१ जना र होम आइसोलेशनमा मात्रै ९४ हजार तीन सय ९४ जना रहेका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा नौ हजार तीन सय पाँच जना सङ्क्रमित थपिएका छन् भने थप एक सय ६८ जनाको ज्यान गएको छ । यस्तै २४ घण्टामा चार सय ४४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes