ओखलढुङगा र इलाममा लडेर २ जनाको मृत्यु - Pahilo Online

ओखलढुङगा र इलाममा लडेर २ जनाको मृत्यु

writer

ओखलढुंगा । ओखलढुङगा मोलुङ गाऊपालिका ५ लिस्पु का ६५ बर्षीय युवराज नेपालको घाँस काट्न गएको अवस्थामा लडेर मृत्यु भएको छ । मंगलबार बिहान ६ बजे उनि घरबाट गढी जंगलमा घास काट्न गएकोमा अबेर सम्म पनि घर फर्कि नआए पछी परिवारले खोजतालस गर्दै जाँदा बाटो देखी अन्दाजी २५ मिटर तर लडी घाईते अबस्थामा फेला पारेका थिए । घाईतेको घरमा ल्याई उपचारको लागी लैजाने तयारी गर्दै गर्दा दिनको ३ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई बुझ्ने कार्य भईरहेको छ ।

त्यसैगरी ईलाम नगरपालिका ११ बस्ने ८० बर्षीय बृद्ध गन्जमान खातीको पानी खान जाने क्रममा लडेर मृत्यु भएको छ । मंगलबार दिनको २ बजे उनि घर नजिकै रहेको पानीको मुहानमा पानी खान जाने क्रममा लडेर मृत्यु भएको जानकारी प्रहरीलाई गराउन साथ प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes