अरुण तेस्रोको सुरुङ भित्र ढुङगा (लुज) खस्दा कामदारको मृत्यु - Pahilo Online

अरुण तेस्रोको सुरुङ भित्र ढुङगा (लुज) खस्दा कामदारको मृत्यु

writer

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३ पुखुवामा निर्माणाधिन अवस्थामा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा (लुज) खस्दा कामदारको मृत्यु भएको छ । आज बिहान साँढे ८ बजेको समयमा सुरुङ भित्र काम गर्ने क्रममा अचानक ढुङगा(लुज) खस्दा शुक्लाफाँट नगरपालिका–१२ कन्चनपुरका ३७ बर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको हो । सोही ढुङगाले लाग्दा अर्का कामदार ५० बर्षीय मिठु राना समेत घाईते भएका छन् । घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी पठाईएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes