पीसीआर परीक्षणका लागि विपद व्यवस्थापन कोषबाट सामग्री खरिद गरिने - Pahilo Online

पीसीआर परीक्षणका लागि विपद व्यवस्थापन कोषबाट सामग्री खरिद गरिने

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको आजको बैठकले कोरोना भाइरसबाट नगरवासीलाई सुरक्षित राख्ने सहितको निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको बैठकले नगरमा कोरोना भाइरसका विरामीका लागि आइसोलेसन सञ्चालन गर्ने र विरामीको पीसीआर परीक्षणका लागि विपद व्यवस्थापन कोषबाट आवश्यक पर्ने सामग्री नगरपालिकाले खरिद गर्ने निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । नगरमा भएमध्ये २ वटा एम्बुलेन्स त्यसप्रकारका विरामी निःशुल्क ओसार पसार गर्नमा प्रयोग गर्ने पनि निर्णय भएको प्रवक्ता गुरागाईंले बताउनु भयो ।


बैठकले, संस्था दर्ता नियमावली, सहकारी नियमावलीका साथै साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका र समूहगत कृषि उत्पादन व्यवस्थापन निर्देशिका पारित गरेको गरेको पनि उहाँले उल्लेख गर्नुभयो । नगरमा रित्त रहेको सिभिल इन्जिनियरको दरखास्त मागको प्रक्रिया अघि बढाउने र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट वडा नम्बर १ को यलम्बर चोकमा निर्माण गर्ने यलम्बरको प्रतिमा निर्माण प्रक्रिया अघि बढाउने सहितका निर्णय भएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes