धनकुटाको पाख्रिबासमा औद्योगिक ग्राम शिलन्यास - Pahilo Online

धनकुटाको पाख्रिबासमा औद्योगिक ग्राम शिलन्यास

writer

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा ५४ करोड रुपैयाँको लागतमा औद्योगिक ग्राम निर्माण हुने भएको छ। नगरपालिकाको वडा नं ७ राम्चेडाँडामा एक सय १७ रोपनी क्षेत्रफल जग्गामा निर्माण गर्न लागेको औद्योगिक ग्राम संघीय सरकारको एक स्थानीय तह एक औद्योगिक ग्रामको नीतिअनुसार उद्योग मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेको हो।

औद्योगिक ग्रामको संघीय संसद राजेन्द्र कुमार राईले शुक्रबार शिलान्यास गरेका छन्। औद्योगिक ग्रामको शिलान्यास गर्दै राईले देशलाई आर्थिक रुपमा धनी बनाउन कलकारखाना, उद्योगधन्दा खोल्न आवश्यक रहेको बताए। बेरोजगार युवाहरुलाई रोजगार दिन संघ, प्रदेश र स्थानिय सकारले नीति बनाएर हरेक स्थानिय तहमा औद्योगिक ग्राम निमार्ण गरिरहेको बताउँदै राईले सरकारका नीतिअनुसार नै पाख्रिबास नगरपालिकामा पनि औद्योगिक ग्राम निर्माण गर्न लागिएको बताए।

औद्योगिक ग्रामका लागि पहिलो चरणमा १ करोड २५ लाख बराबरको ठेक्का खुलेको पाख्रिबास नगरपालिका प्रमुख वृषवहादुर राईले बताए। उनले सो बजेटबाट भवन, बाटो निर्माणको काम गरिने जानकारी दिए। औद्योगिक ग्रामको डिपिआर तयार भइसकेको र चालु आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य गरिने उनको भनाइ छ। औद्योगिक ग्राम निर्माण भएपछि स्थानीयस्तरका स्रोत साधन, कच्चा पदार्थ राखिने भएको छ। त्यस्तै, प्रविधि र सीपको परिचालन गरी रोजगारी सिर्जना गर्दै स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउने, उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि ग्राम सञ्चालन गर्न लागिएको हो।

चालु आर्थिक वर्ष ०७७–०७८ मा १ करोड विनियोजित उक्त ग्राम निर्माणका लागि धनकुटा जिल्लाको थुलुङ कन्ट्रक्सन एण्ड सप्लायर्सले काम सुरु गरिसकेको छ। ग्राममा यस वर्ष सो बजेटबाट ४ कोठे एउटा भवन, ५ सय मिटर सडक निर्माण हुने भएको छ। (थाहखबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes