१ नं प्रदेशमा दुई छुट्टै घटनामा २ जनाको मृत्यु - Pahilo Online

१ नं प्रदेशमा दुई छुट्टै घटनामा २ जनाको मृत्यु

writer

सुनसरी । सुनसरीको ईटहरी १७ टिकुलिया का ५५ बर्षीय लक्ष्मण चौधरीको रुखले किचेर मृत्यु भएको छ । शुक्रबार दिउसो साढे १२ बजे आफ्नो घर नजिकै गोरु चराउने क्रममा हावाहुरीको कारण कदमको रुख ढलेर किची गम्भिर घाईते भएका चौधरीको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा दिनको साढे २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

त्यसैगरी उदयपुर कटारी नगरपालिका ११ चिलाउने का ४२ बर्षीय हर्क बहादुर तामाङको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार दिनको साढे ११ बजे बेतेनीबाट घर फर्किने क्रममा सोही स्थानको आफ्नै घर भन्दा माथीको भिरबाट अन्दाजी ५०० मिटर तल खसि मृत्यु भएको जानकारी पाए लगतै प्रहरी चौकी बेतेनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई
  • प्रकाशक–सम्पादकः मोहन भट्टराई

© Copyright 2017 - 2021 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes