पछिल्लो २४ घण्टामा थप ५० जनाको मृत्यु, ९ हजार १९६ जना संक्रमित - Pahilo Online

पछिल्लो २४ घण्टामा थप ५० जनाको मृत्यु, ९ हजार १९६ जना संक्रमित

writer

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ९ हजार १ सय ९६ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९ सय ८७ पीसीआर परीक्षणबाट ९ हजार २३ तथा ४ सय ९५ एन्टिजेन परीक्षणबाट १ सय ७३ संक्रमित पुष्टि भएका हुन् ।

यसअघि हिजो ९ हजार ७० जना संक्रमित थपिँदा ५४ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको छ । थपिएका संक्रमितमा काठमाडौंका ३ हजार ८९ जना, रुपन्देहीका ७ सय ३० जना, ललितपुरका ६ सय ४३, कास्कीका ३ सय ९३ जना, भक्तपुरका ३ सय ७४ जना, दाङका ३ सय ६६ जना, चितवनका ३ सय ४३ जना, मोरङका २ सय ७३ जना, बाँकेका २ सय २२ जना र झापाका २ सय १६ जना रहेका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय २९ रहेको छ । अहिलेसम्म ३ लाख ७७ हजार ६ सय ३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जनामात्र संक्रमणमुक्त रहेका छन् । अहिलेसम्म २ लाख ९५ हजार ३ सय ९५ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर घटेर ७८ दशमलव २ प्रतिशतमा झरेको छ । मृतकको संख्या ३ हजार ५ सय ७९ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes