कार्यालयको प्रमुख प्रशासकीय अधिकृतमा लक्ष्मीप्रसाद खरेलको बहाली - Pahilo Online

कार्यालयको प्रमुख प्रशासकीय अधिकृतमा लक्ष्मीप्रसाद खरेलको बहाली

writer

पथरी शनिश्चरे । मोरङ्को पथरी शनिश्चरे नगरपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतमा लक्ष्मीप्रसाद खरेलको बहाली भएको छ । रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको पदमा आज बहाली भएका खरेललाइ निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिग्राम काफ्लेको अगुवाइमा कार्यालयमा स्वागत गरिएको छ । २०५७ सालमा नायव सुब्बाबाट सेवा प्रवेश गरेका खरेल जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला मालपोत कार्यालय झापामा कार्यरत रहदा उपसचिवमा बढुवा भएपछि पथरी शनिश्चरेमा कार्यालय प्रमुखका रूपमा उनको बहाली भएको हो । उनले इमान्दारितापुर्वक जनताको सेवामा आफुलाइ समर्पित गर्ने बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes